बीबीसी, ६ चैत । अहिले चलिरहेको फेसबुकविरुद्धको अनुसन्धानमा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गलाई व्यक्तिगत रुपमा उपस्थित हुन दबाब आइरहेको बताइएको छ । अमेरिकी राष्ट्रपति चुनावका समयमा ट्रम्पको सहयोगका लागि निर्मित ‘क्याम्ब्रिज एनालिटिका’
अमेरिका, ४ चैत । अमेरिकी प्रशासनले रुसमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँगको सम्बन्ध प्रगाढ बनाउने धेरै प्रयास गरिसकेको भएपनि वासिङटनले यसपटक रुसविरुद्ध अहिलेसम्मकै कडा कारबाही गरेको रोयटर्सले जनाएको छ ।
एजेन्सी, २ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक सल्लाहकारमा टेलिभिजनमा आर्थिक क्षेत्रमा कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएका लरेन्स आलेन ‘ल्यारी’ नियुक्त हुने निश्चित भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
एजेन्सी, १ चैत । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्क (सस्टेनेबल डेभलपमेन्ट सोल्युसन नेटवर्क) ले विश्व खुसी दिवसका अवसरमा गरेको सर्वेक्षणको सूची सार्वजनिक गरेको छ । यस शीर्षकमा पछिल्लो वर्ष पहिलो स्थानमा रहेको नर्वे यसवर्ष भने दोस्रोमा झरेको छ ।
अमेरिका, ३० फागुन । अमेरिकाको फ्लोरिडाको एक विद्यालयमा गएको फेब्रुअरीमा १७ जनाको ज्यान लिने गरी अन्धाधुन्ध गोली चलाउनेलाई मृत्युदण्डाको सजाय माग गर्दै मुद्दा दर्ता भएको छ ।
न्यायिक अधिकारीले फ्रोरिडाको एक हाइस्कुलमा अन्धाधुन्ध
अमेरिका, ३० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलाई पदबाट हटाइएको घोषणा गरेका छन् । अब विदेशमन्त्रीका लागि सीआइए प्रमुख माइक पोम्पेओलाई नियुक्त गरिने जनाइएको छ ।
काठमाडाैं, २८ फागुन । सैन्य/सुरक्षा शक्तिको सुचकांकमा भारत विश्वमै चौथो (फौज) नम्बरमा पुगेको छ । विश्वभरका सुरक्षा शक्तिको विश्लेषण गर्दै आएको संस्था ‘ग्लोबल पावर इन्डेक्स’ को रिपोर्टले भारतलाई उदाउँदो सैन्य शक्तिको रुपमा देखाएको हो ।
चीन, २८ फागुन । चिनियाँ राष्ट्रपति सी जिनपिङ थप शक्तिशाली बन्ने भएका छन् । संविधानमा राष्ट्रपति पदमा बहाल रहने समयसीमासम्बन्धी व्यवस्था हटाइएसँगै उनी शक्तिशाली बन्ने भएका हुन् । दुइ कार्यकालमात्रै राष्ट्रपति पदमा बस्न पाउने
काठमाडाैं, २७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख साझेदारमध्ये एक भारतलाई करको विषयमा धम्की दिएका छन् । जापान र बेलायतपछि प्रमुख ब्यापारिक साझेदार मानिएको भारतलाई ट्रम्पले दिएको यो धम्कीले दुई देशबीचको सम्बन्धमा पनि तनाव बढ्न सक्ने अनुमान गरिएको छ।