काठमाडौं । (एजेन्सी)– इराक़ी अधिकारिहरुले बताए अनुसार चरमपंथी संगठन इस्लामिक स्टेटले इराकको राजधानी बग़दादको उत्तरी इलाकामा एक ग्याँस प्लान्टमा आत्मघाती हमला गरेका छन्। हमलाकारीले ताज़ी शहरमा एक सरकारी ग्याँस प्लान्टको गेटमा तीनवटा कारलाई बमले उडाईदिएका थिए । त्यसपछि ६ बन्दुकधारीहरु विस्फोटक बेल्ट बोकेर भित्र प्रवेश गरेका थिए ।
सुरक्षा सुत्रका अनुसार त्यहाँ भएको भिडन्तमा १४ जनाको मृत्यु भएको...
बंगलादेश । (एजेन्सी)– बङ्गलादेशमा चट्याङमा परी ६४ जनाको मृत्यु भएको छ । बिहीबार र शुक्रबार दुई दिन परेको चट्याङबाट ६४ जनाको मृत्यु भएको त्यहाँका स्थानीय सञ्चार माध्यामले जनाएका हुन् ।
बङ्गलादेशको ग्रामीण इलाकामा परेको चट्याङका कारण प्रायः किसानको ज्यान गएको छ । खेतबारीमा किसानहरुले काम गरिरहेका बेला चट्याङ परेको जनाइएको छ ।
अफगानिस्तान। अफगानिस्तानमा ६ जना तालिबानीलाई फाँसीको सजाय सुनाइएको छ । कैदी जीवन विताइरहेका ६ जना तालीवानी लडाकुलाई त्यहाँको सरकारको फाँसीको सजाय सुनाएको हो ।
सन् २०१४ मा अशरफ घानी राष्ट्रपति बनेपछि तालिबान कैदीलाई फाँसी दिइएको यो पहिलो पटक हो । नागरिक तथा सार्वजनिक सुरक्षामा गम्भीर अपराध गरेको आरोपमा ६ तालिबान लडाकु कैदीलाई...
काठमाडौं/एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आफूले निशस्त्रीकरणका प्रयत्न गर्ने धारणा सार्वजनिक गरेका छन् ।
गत जुन महिनादेखि कम्तीमा पनि ६ पटकसम्म क्षेप्यास्त्र परीक्षण गरी विवादमा आएको उत्तर कोरियाका नेताले पहिलो पटक निशस्त्रीकरणको धारणा...
चीन । पूर्वी चीनमा भएको डुंगा दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १७ जना वेपत्ता भएको जनाइएको छ । माछा मार्न डुंगामा गएकाहरु मालवाहक पानीजहाजसँग ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनापछि त्यहाँ पुगेका डुङ्गाको सहारामा दुई जना यात्रुलाई समुन्द्रबाट जीवितै उद्धार गरिए पनि पछि उनीहरुको समेत मृत्यु भएको चीनको केन्द्रीय टेलिभिजनले बताएको छ ।
जापान । जापानमा गत विहीबार र शनिबार विहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ४० नाघेको छ ।
शनिबार बिहान जापानको दक्षिणी क्षेत्र कुमामाटोलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।
जापान । जापानको दक्षिणी क्षेत्रमा अर्को शक्तिशाली भूकम्पको धक्का गएको छ ।
शुक्रबार राती नेपाली समय अनुसार ९ बजेर १० मिनेट जाँदा जापानको दक्षिणी क्युशु आइल्याण्डको कुमामोटो शहर केन्द्र विन्दु भएर ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पपछि कम्तिमा ५०भन्दा बढि परकम्प गएका छन् । भूकम्पका कारण जमिनमा फाटेको छ भने आवासिय भवन भत्किएका छन् ।
क्यानडा । क्यानडामा निजी विमान दुर्घटना हुँदा एकै परिवारका पाँचसहित सात जनाको मृत्यु भएको छ ।
क्युबेकको पूर्वी तटमा भएको विमान दुर्घटनामा क्यानडाका एक पूर्वमन्त्री र उनको परिवाकार अरु चार सदस्यसहित सात जनाको ज्यान गएको हो ।
काठमाडौं । तालिबान बिद्रोहीले अफगानिस्तानको संसद भवनमा रकेट प्रहार गरेका छन् । संसदमा कार्यवाहक आन्तरिक मालिला मन्त्री बोल्न लागेका बेला तालिबान बिद्रोहीले संसद भवनलाई लक्षित गरी रकेट प्रहार गरेको सांसदले बताएका छन् ।
जापान । जापानले आफ्नो उत्तरी द्वीप होकाइदोका लागि राजधानी टोक्योबाट बुलेट ट्रेन सञ्चालनमा ल्याएको छ । शनिवार राजधानी टोक्योबाट होकाइदो द्वीपको सिन