एजेन्सी– अमानिको ओर्टेगा विश्वकै धनी व्यक्ति बन्न सफल भएका छन्। उनले बिल गेट्सलाई पछि पार्दै विश्वकै धनी व्यक्तिको सूचीमा पर्न सफल भएका हुन् । फोर्ब्स पत्रिकाले शनिवार सार्वजनिक गरेको सूचीमा स्पेनिस खुद्रा बिक्री कम्पनी जाराका मालिक ओर्टेगा विश्वकै धनी व्यक्ति बन्न सफल भएका छन् ।
सिरिया (एजेन्सी)– सिरियामा भएको श्रृङ्खलाबद्ध बम विस्फोटमा ४० जनाको मृत्यु भएको छ । विष्फोटमा ४५ जना भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । सिरियाको टारटुससँगै कुर्दिस समूहको नियन्त्रणमा रहेका क्षेत्रमा श्रृंखलावद्ध विष्फोट गराइएको हो ।
एजेन्सी– जी– २० सम्मेलनका क्रममा चीनको हाङझाउ पुगेका बेला आफूप्रति कूटनीतिक ‘अभद्रता’ प्रदर्शन गरिएको भन्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले असन्तुष्टि प्रकट गरेका छन् । शनिबार आफू र आफ्नो टोलीमाथि भएको व्यवहारप्रति ओबामाले असन्तुष्टि पोखेका हुन् ।
एजेन्सी– विकसित र विकाशशील मुलुकहरुको साझा संस्था‘ ‘जी–२०’ को सम्मेलन शुरु भएको छ । चीनको हाङझोउमा आयोजित सम्मेलनमा विश्वभर भइरहेको कार्बन उत्सर्जन, आतंकवाद, परमाणु आपूर्तिकर्ता समूह (एनएसजी)जस्ता मुद्दामा छलफल हुनेछ । दक्षिण चीन सागरमा देखिएको विवादमा पनि छलफल हुनसक्ने जनाइएको छ ।
अफगानिस्तान– अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अमेरिकी विश्वविद्यालय भएको आक्रमणमा १३ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा ७ जना विद्यार्थीसमेत रहेका छन् । अफगानिस्तान सुरक्षाबलले हमलाको दस घण्टापछि आक्रमणमा संलग्न दुई जनालाई जवाफी कारवाहीमा मारिएको जनाएको छ ।
एजेन्सी– ९ लाख लाख लिटर डिजेल बोकेको मलेसियन पानी जहाज हाइज्याक भएको छ। यसलाई इन्डोनेसियाको सामुद्रिक भागमा लगिएको मलेसियाका अधिकारीले जनाएको छ । अपहरण कस्ले गरेको हो भन्ने विषयमा केही जानकारी बाहिर नआएको भए पनि मेलेसियन मरिटाइम
एजेन्सी– अफगानिस्तानको पूर्वी नान्गहार प्रान्तमा भएको सुरक्षा कारबाहीमा ३२ आईएस लडाकु मारिएका छन् । सुरक्षा दुई दर्जन लडाकू घाइते भएको जनाइएको छ । सेना र प्रहरीले गरेको कारबाहीका क्रममा ती लडाकू मारिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
पाकिस्तान– पाकिस्तानको दक्षिण–पश्चिममा अवस्थित क्वेटा सहरको एक अस्पतालको इमर्जेन्सी वार्डमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ९३ पुगेको छ । सोमबार बिहानै उक्त अस्पतालमा विस्फोट गराइएको थियो ।
एजेन्सी– दक्षिणपश्चिमी पाकिस्तानी सहर क्वेटामा अवस्थित एक अस्पतालमा भएको भीषण बम विस्फोटमा परी कम्तीमा ४० व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य दर्जनौ व्यक्ति घाइते भएका छन् ।
एजेन्सी– अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिको लागि योग्य नभएको दाबी गरेका छन्।