कला-साहित्य

गीत

आँसु झर्दा पुछिदिने हात पनि छैन
दुःख पर्दा सिर थाम्ने काँध पनि छैन ।
गीतहरु छन् मसँग दुःखमा मेरो सहारा
सुन्छु गुन्गुनाउँछु हरपल पाखा पहरा
उकाली र ओरालीमा साथ पनि छैन
आँसु झर्दा पुछि दिने हात पनि छैन ।
कोइली गाउँछ साँझपख किन एक्लिएर
गोधुलीको रातो घाम हेर्छु पर पर
कुनै त्यस्तो नरोएको रात पनि छैन
आँसु झर्दा पुछि दिने हात पनि छैन ।
 

अशोक चाम्लिङ राई,
झापा, हालः न्युयोर्क