कला-साहित्य

गजल

नसोध हाल, बाँचेकै छु, तिमीले साथ छोडेर के भो ?
तिम्रै बाटो हेर्दै छु अझ, तिमीले मन मोडेर के भो ?
देखेको होइन लेखेको, हुन्छ भन्दथे भन्नत
माया मैले गरेकै छु, अन्तै नाता जोडेर के भो ?
सँगै बाँच्ने मर्ने सपना देख्नु, के गलत थियो र ?
सजायकै छु सपनाका महल, तिमीले तोडेर के भो ?
लत्यायो किन के कम थियो माया ? मुटु नै तिम्रै थियो ।
फुलेन मेरो पिरती जति मलजल गरी गोडेर के भो ?
खोज्छु भुल्न सक्तिन म खै, कस्तो रोग दियो
तिम्रो याद मेटिन्न हेर, यो मुटुलाई फोरेर के भो ?

रामशरण गैरे
चितवन, नेपाल