कला-साहित्य

धुर्मुस–सुन्तली फाउण्डेसन पुरस्कृत

काठमाडौं । कलाकारिता एवं चलचित्र क्षेत्रमा योगदान पु¥याएका व्यक्तीलाई प्रदान गरिंदै आएको चेतनारायण–बसुन्धरा भुसाल पुरस्कार यस पटक धुर्मुस–सुन्तली फाउण्डेसनलाई प्रदान गरिएको छ ।  टेलिचलचित्रमार्फत आम नेपाली दर्शको मन जित्न सफल धुमुर्स–सुन्तलीले भुकम्पबाट पिडितहरुको लागि आवास  निर्माण गरी सामाजिक योगदान पु¥याए बापत  पुरस्कार गुठीले फाउण्डेसनलाई ५१ हजार रुपैंयाँको पुरस्कार राशी प्रदान गरेको हो । 

पुरस्कार गुठीकी अध्यक्ष श्रीमती बसुन्धरा भुसालको अध्यक्षता बसेको बैठकले उक्त फाउण्डेशनलाई पुरस्कार दिने निर्णय गरेको थियो ।
नेपाली सिने जगतकी बरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल तथा उनको श्रीमान चेतनारायण भुसालको नाममा करिब १५ बर्ष अघि पुरस्कार गुठीको स्थापना गरिएको हो ।
पुरस्कार गुठीकी अध्यक्ष भुसालको प्रमुख आतिथ्यमा बरिष्ठ लेखक तथा निर्देशक एवं गुठीका सचिव मोहन निरौलाले फाउण्डेसनकी कोषाध्यक्ष कुञ्जना घिमिरेलाई पुरस्कार राशी हस्तान्तरण गरेका थिए ।
पुरस्कार वितरण कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी तथा विभिन्न संघसंस्थका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।