कला-साहित्य

गजल

काँढा रैछ पिरती बिज्दा थाहा पाए
पानी रैछ बैंशपनि भिज्दा थाहा पाए

पीडापनि कती मीठो बैंशमा पिरतीको
भारभई मनले मनलाई किच्दा थाहा पाए

टागिएछ उनकै रुप मनको क्यानभासमा
यी आँखाले उनको तस्वीर खिच्दा थाहा पाए

अनौठो यो आकर्षण मीठो अनुराग
मायालुले अंगालोमा मिच्दा थाहा पाए

बैंशसंग बैंश मिसाई बसिरहुँ जस्तो
बैंशालु यो चाहानामा रुज्दा थाहा पाए ।

 

अतित मुखिया

 

काठमाडौं