राजनीति

बाम एकताः रिपोर्ट तयार पार्न माओवादीले तोक्यो इन्चार्ज

काठमाडाैं, १२ चैत । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकताको निर्णय गर्न बिहीबारका लागि सचिवालय बैठक बोलाएको छ । बैठकले एकताको महत्वपूर्ण निर्णय गर्न सक्ने माओवादी नेता मणि थापाले बताए । एकताका लागि माओवादी प्रदेश इन्चार्जहरूले अन्तरिक गृहकार्य गर्न लागिसकेका छन् ।
आन्तरिक गृहकार्यकै लागि माओवादीले शनिबार पूर्व हेडक्वार्टर सदस्यको बैठक बोलाएर प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको थियो । सचिवालय बैठकमा इन्चार्जहरूले प्रदेश, जिल्ला क्षेत्र र गाउँसम्मको पार्टीको वैचारिक संगठनिक विषयमा रिपोर्ट पेस गर्नेछन् ।