चलचित्र

दर्शकको साथ खोज्दै साम्राज्ञी मोफसलमा

काठमाडौं, १२ चैत । पछिल्लो समयमा चर्चा कमाएकी बोल्ड नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित चलचित्र ‘तिमी सँग’ को निर्माण टिम कलाकार सहित प्रचार अभियान लिएर देश दौडाहामा निस्किएको छ । उक्त चलचित्र चैत २३ मा प्रदर्शनमा आउँदै छ । प्रदर्शनको मिति नजिकिँदै गर्दा निर्माण पक्षले चलचित्रको प्रचार प्रसारलाई तीव्र बनाएको छ । 
चलचित्रको व्यापार राजधानीमा मात्र नभएर राजधानी बाहिर पनि आक्रामक हुन थालेपछि अहिले प्राय चलचित्रले टोलीले चलचित्रको प्रदर्शन अगावै एक पटक मोफसलका दर्शकसँग साक्षात्कार गर्ने गरेको छ । जसबाट चलचित्र टोलीलाई प्रत्यक्ष फाइदा एकातिर पुगको छ भने अर्कोतिर चलचित्रले व्यापार पनि राम्रै हुने गरेको पाइन्छ । पछिल्लो पटक सफल भएका चलचित्रलेका व्यापारिक तथ्यांकलाई हेर्ने हो भने मोफसलबाट पनि राम्रै कमाइ गरेको पाइन्छ । चलचित्र तिमीसँगको टोलीले शनिबार चितवनको भरतपुरमा एक कार्यक्रमको आयोजना गरको थियो । नायिका साम्राज्ञी सहित नायक आकाश श्रेष्ठ र अर्का नायक नाजिर हुसेन नारायणगढमा पत्रकार सम्मेलन सहभागी भएका थिए । उनलीहरुले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे । चलचित्र उत्कृष्ट बनेको भन्दै दर्शकको मायाँ पाउने आशा समेत राखेका थिए । 
अभिनेत्री साम्राज्ञी स्टारर ‘तिमि सँग’ लाई शिशिर राणाले निर्माण एवं निर्देशन गरेका छन् । चलचित्रमा साम्राज्ञीले दुई अभिनेता नाजिर हुसेन र आकाश श्रेष्ठसँग रोमान्स गरेकी छिन् । सांगीतिक प्रेम कथामा आधारित चलचित्र तिमीसँगकी नायिका साम्राज्ञीले यात्राको कथा समेटिएको भन्दै अन्य फिल्म भन्दा उत्कृष्ट बनाउने प्रयास भएको बताए । चलचित्रमा आफुले निकै मेहेनत गरेको भन्दै चलचित्र धेरै रर्मो बनेको बताउनु भयो ।उनका यसअघिका दुई चलचित्र सफल मानिन्छ ।
काठमाण्डौं, पोखरा, पुनहिल, घोरोपनी, देउराली, घान्द्रुक लगायतका क्षेत्रमा फिल्मको छायाँकन गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै नायक नाजिर हुसेनले व्यवसायिक फिल्म बनाउने प्रयास गरेको बताए । अर्का नायक आकास श्रेष्ठले चलचित्रलाई मायाँ गर्न दर्शकलाई आग्रह गरिन् । निर्देशन शिशिर राणाले आफूले लामो समयसम्म चलचित्र क्षेत्रमा गरेको कामलाई यस चलचित्र देखाउना खोजेको बताउदै चलचित्र धेरै राम्रो बनेको भन्दै सबैलाई हेर्न अनुरोध गरे । फिल्मको पटकथा शिशिरसँगै साकार ओझा, समुन्द्र उप्रेती र सुशील छेत्रीले तयार पारेका हुन् । चैत २३ गते रिलिज हुने ‘तिमि सँग’मा प्रमोद कार्कीको छायाँकन, वनिश विक्रम शाह र मिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जी र दिपक पाठक र रिदम कँडेलको संगीत रहेको छ ।