चलचित्र

छुल्ठिमसँग रोहितको रोमान्स !

काठमाडौं, ७ चैत । चैत ३० गतेबाट अल नेपाल रिलिजको घोषणा गरिएको चलचित्र ‘नेप्टे’ का पोष्टरहरु सार्वजनिक भएका छन् । ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै कमेडी ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षीत बनेको फिल्मको पोष्टरमा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, दयाहाङ राई, ए गुरुङ, वुद्दि तामाङलगायतका कलाकारहरुलाई स्थान दिइएको छ ।  
फिल्मका निर्देशक देव कुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् । कविराज गहतराजको कोरियोग्राफी, तारा थापा ‘किम्भे’ को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । अभिनेता जय किशन बस्नेतलाई फिल्ममा केमियो गर्दै गरेको देख्न सकिनेछ । फिल्ममा छुल्ठिम र रोहितको प्रेममा दया भिलेन बनेका छन् । ट्रेलरमा उनले बोलेका केही संवादले फिल्मप्रति दर्शकमा झनै उत्सुकता जगाइदिएको छ ।