खेलकुद

इपिएल क्रिकेट आजबाट, उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्दै

काठमाडौं, ३ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण अाजबाट राजधानीमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल ११ बजेबाट शुरू हुनेछ ।  ललितपुर प्याट्रिएट्स र काठमाडौं किंग्स इलाभेन टाेली मैदानमा उत्रिदैछन्र ।  दुवै टिम जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा छन् । ललितपुर प्याट्रिएट्सका कप्तान ज्ञानेन्द्र मल्लले तयारी राम्रो भएको भन्दै प्रतियोगितामा नतिजा पनि राम्रो ल्याउने दाबी गरे । त्यस्तै, काठमाडौं किंग्स इलाभेनका कप्तान परवेज महारुफले आफ्नो टिम च्याम्पियन बन्ने दाबी गरे । यसैबीच अाइतबार इपिएल क्रिकेटको ट्रफी सार्वजनिक गरिएकाे थियाे । 
लिगमा ६ वटा क्लबले प्रतिस्पर्धा गर्दैछन् । लिगमा काठमाडौं किंस इलाभेन, ललितपुर पेट्रिएट्स, चितवन टाइगर, विराटनगर वारियर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स रहेका छन् । 
इपिएल क्रिकेट राउन्ड रोविन लिगका आधारमा हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ  । इपिएलको विजेताले २१ लाख पुरस्कार प्राप्त गर्नेछ ।