खेलकुद

नेपाल सेमिफाइनलमा प्रवेश, भोलि म्यानमारसँग भिडन्त

काठमाडौं, २७ मंसिर । थाइल्यान्डमा जारी एसीसी अण्डर–१६ क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । जारी प्रतियोगिताको उद्घाटन खेलमा नेपालले सोमबार घरेलु टोली थाइल्यान्ड बिरुद्ध १३३ रनको सानदार जीत दर्ता गरेको थियो । नेपालले मंगलबार भएको दोस्रो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको हो । समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले बिहीबार म्यानमारसँग खेल्नेछ । मंगलबारको खेलमा टस जितर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित् ३५ ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो । हङकङलाई सस्तैमा समेट्नेक्रममा नेपालका प्रतिस जिसीले ३ तथा अजयकुमार लोनियाले २ विकेट लिए । जवाफमा ८३ रनको सामान्य चुनौती नेपालले २४ दशमलव १ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । मंगलबारको खेलमा नेपालका लागि त्रिर्थराज दासले सर्वाधिक २७ रनको योगदान गरे ।