खेलकुद

एभरेस्ट अन्तरविद्यालय बास्केटबल जारी

भक्तपुर , २४ साउन । एभरेस्ट इंगलिस स्कुल मिवाछेंको आयोजनामा सोमबारदेखि सो विद्यालयमा तेस्रो एभरेस्ट उपत्यकाव्यापी अन्तरविद्यालय आमन्त्रण बास्केटबल प्रतियेगिता शुरु भएको छ । ३१ साउनसम्म चल्ने सो प्रतियेगितामा उपत्यकाका १९ विद्यालयका ३२ टिमले भाग लिएका छन् ।

लीगको आधारमा खेलाइने सो प्रतियोगिताका विजयी टीमले ट्रफि, पदक र प्रमाणपत्र पाउनेछन ।  विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले संयुक्तरुपमा उद्घाटन गरेको सो प्रतियेगिताको पहिलो दिन छात्रातर्फको प्रतिष्पर्धामा हिमालय स्कुल र न्यू भिजन एकेडेमीले जीत हत पारे । 

हिमालय स्कुल कोटेश्वरले भक्तपुर निष्टलाई ५ अंकले र श्री चन्द्रविन्दु बोर्डिंग स्कुल (स्किवस) लाई १२ अंकले हराउँदै न्यूभिजन एकेडेमी कोटेश्वरले पहिलो खेलमा जीत हात पारेको हो । छात्र जुनियरतर्फ ज्ञान निकेतन स्कुलले सैनिक स्कुललाई २५ अंकले पछि पार्यो भने हिमालय स्कुललाई १६ अंकले पछि पार्दै नवज्योति स्कुलले जित हात पार्यो । 

यसैगरि थ्री अन थ्री ब्वाइज सिनीयरतर्फ सैनिक स्कुलले जनप्रेमी स्कुललाई ११ अंकले पछि पारयो भने जनप्रेमी स्कुललाई नै ४ अंकले पछि पार्दै स्किवसले जीत हात पारेको छ । र, स्किबसलाई १ अंकले हराउँदै सैनिक स्कुलले जीत हात पारेको छ ।