राजनीति

पंगेनी क्रान्तिकारी पत्रकार महासंघको उपाध्यक्षमा निर्वाचित

काठमाडौं– खबरडबली अनलाइन न्यूज पोर्टलका कार्यकारी सम्पादक नारायण पंगेनी क्रान्तिकारी पत्रकार महासंघको उपाध्यक्षमा निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न क्रान्तिकारी पत्रकार महासंघको प्रथम राष्ट्रिय सम्मेलनबाट पंगेनी सर्वसहमतिले उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

५१ सदस्यीय क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा इन्द्र राउत निर्वाचित भएका छन् भने, महासचिवमा केशरमणि कटुवाल निर्वाचित भएका छन् । त्यस्तै सचिवमा रामकुमार श्रेष्ठ र कोषाध्यक्षमा अमिरमैया रन्जितकार निर्वाचित भएका छन् ।

महासंघको नवनिर्वाचित केन्द्रीय समितिले आगामी दिनमा सुचना र सञ्चार क्षेत्रमा जनपक्षीय योजनाहरु निमार्ण गरि अघि बढ्ने उद्देश्य लिएको छ ।