राजनीति

ज्युँदा शहीद जैशीको यसकारण उम्मेदवारी

निष्ठा, त्याग र सक्रियता जितको आधार

काठमाडौं– नेपाल विद्यार्थी संघको आसन्न ११ औं महाधिवेशनमा प्रदेश नम्बर ६ बाट उपाध्यक्षको उम्मेदावरी घोषणा गरेका कृष्णप्रसाद जैशी ज्यूँदा सहिदका रुपमा परिचित छन् । लामो समय विद्यार्थी राजनीतिमा होमिएका विद्यार्थी नेता जैशी काठमाडौंको त्रि–चन्द्र क्याम्पसका पूर्व इकाई अध्यक्ष समेत हुन् ।

अहिले चुनावी मैदानमा होमिएका धेरै प्रतिनिधिमध्ये कोही यस्ता उम्मेदवार छन् जसलाई जिताउनै पर्ने देखिन्छ । ती मध्येका एउटा उम्मेदवार हुन् कृष्णप्रसाद जैशी । प्रदेश नम्बर ६ बाट उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका जैशी अहिले जितको माहोल बनाउन तातेर लागेका छन् । संगठनको लागि गरेको योगदान, आफ्नो व्यक्तित्व, संगठनलाई अगाडी हाँक्ने कौशलता, इमान्दारीता, स्वच्छ छवि र मिलनसार व्यक्तित्वका कारण उनी निकै चर्चित पनि छन् ।

कतिपय जिल्लाका महाधिवेशन प्रतिनिधिहरुले जिल्लाबाट आएका सिंगै महाधिवेशन प्रतिनिधिको एकछत्र भोट आफूलाई दिने घोषणा समेत गरिसकेका जैशीको दाबी छ ।नेपाल विद्यार्थी संघमा उनले गरेको त्याग, सक्रियताका कारण उनी कांग्रेसका संस्थापक नेता एंव पूर्वप्रधानमन्त्री तथा शन्त नेता कृष्णप्रसाद भट्टराईको फोटोकपीका रुपमा आफ्नो अर्को परिचय बनाउन सफल भएका छन् ।

विद्यार्थी आन्दोलनका क्रममा उनले पटक–पटक प्रहरी, एमालेको विद्यार्थी संगठन अनेरास्ववियूबाट कुटाइ खाए । यो कुटाइको कारण उनको व्यक्तिगत रिसराग नभई नेबिसंघलाई नै बलियो बनाउन तथा विद्यार्थी हक हितका लागि नै थियो । अनेरास्ववियूको कुटाइबाट जीवन–मरणको दोसाँधमा पुगेका जैशीलाई त्यत्तिखेर कतिपयले जीवनको आशा समेत मारेका थिए । हो, यहीबाट उनको परिचय बनेको हो ज्यूँदा शहीद ।

नेपाली कांग्रेसको आदर्श राष्ट्रियता, प्रजातन्त्र र समाजवादको व्याख्यामा गर्न माहिर नेता बौद्धिक नेताको बर्गमा गनिन्छन् । शिक्षामा समानता, सीपमुलक, व्यवसायीक तथा प्राविधिक र वैज्ञानिक शिक्षाले मात्र देशको विकास सम्भव हुने मान्यता राख्ने जैशी वर्तमान शिक्षा नितीमा परिर्वतन गर्नुपर्ने तर्फ उन्मूख देखिन्छन् ।

संविधान कार्यान्वयनका सवालमा पनि नेपाल विद्यार्थी संघको महत्वपूर्ण भूमिका रहेने भन्दै ११ औं महाधिवेशन कुसल नेतृत्व छनोट गर्नुपर्ने उनको भनाइ छ । अहिले मत बटुल्न प्रायः उम्मेदवारले गुट–उपगुट अन्त्यको नारा भजाए पनि यथार्थमा अधिकांश उम्मेदावर गुट उपगुटको पक्षपोषणमा लागेको उनको दाबी छ । त्यसैले, ११ औं महाधिवेशनले गुटगत राजनीति सदाका लागि अन्त्य गर्दै नेबिसंघलार्इ बलियाे बनाउनका लागि त्यागको राजनीति सिक्नुपर्ने उनको तर्क छ ।

२५ साउन, २०७३ ।