राजनीति

शैक्षिक समानता मेरो प्रमुख एजेण्डाः ललिता सुनार

काठमाडौं– नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थीको ११ औं महाधिवेशनमा उपाध्यक्षको उम्मेदवारी घोषणा गरेकी ललिता सुनारले शैक्षिक समानता आफ्नो प्रमुख एजेण्डा भएको बताएकी छन् ।  

११ औं महाधिवेशनमा उपाध्यक्षको लागि दावेदारी प्रस्तुत गरेकी पद्यकन्या क्याम्पस बागबजारकी नेविसंघ उपाध्यक्ष ललिता सुनुवार अहिले चौनावी दौडधुपमा व्यस्त बनेकी छन् ।

लामो समयदेखि नेपाल विद्यार्थी संघमा सक्रिय रुपले लागेकी सुनुवारले शिक्षामा असमानता हटाउन र शिक्षामा भईरहेको व्यापारिकरण अन्त्यको लागि आफ्नो उम्मेदवारी भएको बताउँदै आएकी छन् । इमान्दार, सक्रिय, लगनशील विद्यार्थी नेतृ सुनार प्रखर वक्ता पनि हुन् । नेपाल विद्यार्थी संघलाई नयाँ रक्तसंचार गराउन आफ्नो उम्मेद्धारी रहेको र संगठनलाई बलियो बनाउन कुशल नेतृत्व छनोट हुनपर्ने उनको तर्क छ ।

चाहे विद्यार्थी आन्दोलन होस् चाहे मुलुकमा भएका राजनीतिक परिर्वतनको आन्दोलन नै किन नहोस् उनी कहिल्यै छुटिनन् । विद्यार्थीको हक हितका विषयमा विद्यालयमा पटक–पटक आवज उठाइन् । कर्णालीको एउटा सरकारी स्कुलमा पढ्ने विद्यार्थी होस् वा काठमाडौको एउटा महंगो तथा नाम चलेको निजी बोर्डिङ स्कूलमा पढ्ने विद्यार्थी नै किन नहोस् उनीहरुमा समान शिक्षा पाउनुपर्ने उनको एजेण्डा छ ।

युवाहरु विदेश पलायन हुनबाटट रोक्न, शैक्षिक बेरोजगारको अन्त्य, प्राविधिक शिक्षा तथा उत्पादन मूलक शिक्षा आजको आवश्यकता रहेको भन्दै नेतृ सुनारले यस विषयमा सरकारले  ठोस नीति ल्याउनुपर्ने औल्याइन् । अहिले नेविसंघमा विभिन्न गुट उपगुट देखा परेपनि आफू कुनै गुटमा नरहेको भन्दै नेविसंघलाई बलियो बनाउन गुटबन्दीको अन्त्य गरिनुपर्ने उनको उनको भनाइ छ । संगठनप्रतिको लगाव, लगनशिलता, निरन्तरता र आफूले  विद्यार्थी राजनीतिमा गरेको योगदानको मूल्यांकन गर्नसम्पूर्ण नेबिसंघ महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेकी छन् ।

२५ साउन, २०७३ ।