राजनीति

बार्गेनिङको हल्ला निराधार, आधिकारिक मै हुँः जितजंग बस्नेत

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११ औँ अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षका उम्मेदवार बनेका जीतजंग बस्नेतले आफ्नो उम्मेदवारी कायमै रहेको जनाएका छन् ।  विभिन्न सञ्चार माध्याममा पार्टीले देउवा निकट अध्यक्षका प्रत्यासीहरुलाई मिलाउने भन्दै बस्नेतलाई केन्द्रीय सदस्य र नैनसिंह महरलाई टिकट दिने भन्ने समाचार बाहिरिए पछि उक्त कुरा आधिकारिक नभएको बस्नेतले जानकारी दिए । 

बस्नेतले भने– ‘मैले उम्मेदवारी फिर्ता लिएको भनेर बाहिर हल्ला भएको छ, त्यो सत्य होइन,’ ‘मैले अध्यक्षको तयारी हिजो–आजबाट गरेका होइन, महिनौँ अघिदेखि मैले तयारी गरेछु, त्यसैले फिर्ता लिने कुनै तयारी छैन ।’
सभापति शेरवहादुर देउवा र अन्य बरिष्ठ नेताहरुकै छलफलबाट बस्नेतलाई पार्टीको केन्द्रीय सदस्य बनाउने शर्तसहित महरलाई अध्यक्षमा अघि बढाइएको भनिए पनि त्यो सबै गलत भएको बस्नेतले दाबी गरे ।
बस्नेतले ‘बार्गेनिङ’का लागि नभई नेविसंघ बनाउन अध्यक्षको दाबी गरेको बताए । ‘मेरो अध्यक्षको दाबी कांग्रेसभित्रको गुण्डागर्दी अन्त्यका लागि पनि हो,’ बस्नेतले भने, ‘म निर्वाचित भएपछि संगठनलाई एकतावद्ध बनाएर लैजान्छु र गुटको अन्त्य गर्छु ।’

यसैबीच ९ वर्षपछि भएकाे ११ अाैं महाधिवशेन अन्तर्गत अाइतबार उद्घाटन समाराेह भइ साेमबारका लागि बन्दसत्र ताेकिए पनि प्रतिनिधि  विवाधका कारणा मंगलबारका २ बजेसम्मका