राजनीति

सहमति जुटेन, संसद बैठक अब शुक्रबार बस्ने

काठमाडौं । दलहरुले आ–आफ्ना अडान यथावत राखेपछि विहीबार बस्ने भनिएको बैठक अब शुक्रबारका लागि सरेको छ । विहीबार ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो । बैठक सुचारु गराउन सभामुख ओनसरी घर्तीको विहानैबाट राजनीतिक भेटघाटलाई तीब्रता दिएकी थिइन् । तर, दलहरुले आफ्नो अडानबाट पछि नहट्ने स्थिति सिर्जना भएपछि बैठका शुक्रबार १ बजेसम्मका लागि स्थगित भएकाे छ । 

निर्धारित समयभित्र पनि दलहरु आ–आफ्नो अडानबाट टसमस नभएपछि संसद सचिवालयले शुक्रबार एक बजेसम्मका लागि  बैठक स्थगित गरेको जनाएको छ । सभामुख घर्तीले बिहीबार प्रमुख दलका शीर्ष नेतासँग दुईपटकसम्म छलफल गरेकी थिइन्। दुवै बैठकमा दलहरु आफ्नो अडानबाट पछि नहटेपछि संसद बैठक स्थगित गरिएको हो।

बजेट आश्रित विधेयकमाथि छलफल नगराएसम्म संसद चल्न नदिने सत्तापक्षको अडान र संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि पहिले छलफल गर्नुपर्ने कांग्रेस–माओवादी केन्द्रको अडानबीच संसद बैठक प्रभावित भएको हो ।  माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिएर कांग्रेसँग मिलेर संसदमा सरकार विरुद्ध अविश्वासको प्रस्ताव गर्दा गराएपछि दलहरुबीच विवाद हुँदै आएको छ। 

बिहीबार बसेको सत्तापक्षको बैठकले आश्रित विधेयकमाथि छलफल नगराएसम्म संसद चल्न नदिने निर्णय गरेको थियो। यता प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा एमालेको शसक्त सामना गर्न आफ्ना सांसदलाई निर्देशन दिएका छन्। बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकमा देउवाले  सभामुखले कार्यसूचिमा चढाइसकेको अविश्वासको प्रस्तावमाथिको छलफल नै पहिला हुनुपर्ने निष्कर्ष निकाल्दै अविश्वासको प्रस्ताव पारित गर्ने निर्णय गरेको थियो।

सक्तापक्ष र प्रतिपक्षको अडानले संसदमा हंगामा नै मच्चिने स्थिति देखिएपछि मर्यादा पालहरु पनि थएिको छ । दलहरुबीच विहीबार पनि सहमति हुन नसकेपछि अब फेरि शुक्रबारको बैठक पनि अन्योल हुने अनुमान गरिएको छ । 

६ साउन, २०७३ ।