राजनीति

डा. केसीको माग सम्बोधन गर्न ३ सदस्यीय समिति

काठमाडौं । स्वास्थ्य शिक्षामा रहेका विकृति हटाउन माग गर्दै अनसनरत चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले सचिवस्तरीय ३ सदस्यीय समिति गठन गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षण अस्पतालमा अनशनरत चिकित्सक केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय, शिक्षामन्त्रालय र स्वास्थ्यमन्त्रालयका सचिवस्तरीय ३ सदस्यीय वार्ता समिति गठन गरेको हो ।

समितिलाई केसीको अनशन तत्काल तोडी उहाँको माग सम्बोधन गर्ने कार्यभार सुम्पिएको छ । बैठकले पेट्रोलियम तथा ग्यास नियमन आदेश ०६९ आदेश खारेज गरेको छ । सरकारको निर्णयसँगै आदेशअनुसार दर्ता भएका उद्योगहरू स्वतः खारेजी प्रक्रियामा जानेछन् । यस्तै स्थानीय शान्ति समितिको म्याद १ वर्ष थप गरिएको छ । बैठकले सुरक्षण मुद्रण गठन आदेश २०७३ स्वीकृत गरेको छ ।

६ साउन, २०७३ ।