राजनीति

‘ओली राष्ट्रवादी कि नक्सवादी ?’: उपेन्द्र यादव

काठमाडौं ।  संघीय गठबन्धनका अध्यक्ष उपेन्द्र यादबले आफूहरु सरकारमा जान लालयित नभएको बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै यादवले आफ्ना मागहरु पूरा नभएसम्म सरकार सहभागी नहुँने बताउँदै ओली सरकारको विरोधमा भने भने उत्रिने स्पष्ट पारे ।

गणतान्त्रिक संविधान र समसामयिक विषयमाथि आफ्नो धारणा राख्दै यादबले – संविधान गलत बनेको र बनाउनेहरुले पनि यो कुरा स्वीकारी सकेको बताउँदै यो संविधानले मूलुकलाई समस्याको कुनै समाधान वा निकास नदिने कुरा प्रस्ट्याउदै मुलुकका हितका लागि र जनताका हितका लागि संविधानको पुनलेॅखनमा विशेष जोड दिए ।

ठूला तीन दलमाथि ब्यंग्यगदैॅ उनले भने– संविधान पुनलेॅखन गनेॅ सद्बुद्धि तीन ठूला दललाई आउँछ कि आउन्न ? यो सरकारको बहिगॅमनपछि काम गनेॅ वातावरण चाहिँ बन्छ वा बन्दैन, हेर्नुछ । तर हामी सरकारमा जान हतारिएका पनि छैनौ र लालायित पनि छैनौ ।’ संविधानको पुनलेॅखन र राजनैतिक स्थिरताका लागि हामी सरकारमा गए पनि नगए पनि सहयोग गनेॅ छौं । तर एउटा कुरा चाहिँ के सत्य होभने हामीले उठाएका मुद्धाहरुको सन्दभॅमा संघीय गठबन्धन र मोचॉ अहिले पनि आन्दोलनमा छ ।

ओलीको सरकारलाई लक्षित गदैॅ यादबले जानुपनेॅ सरकार गईसक्योभन्दा पनि हुन्छ तर सरकारलाई हामीले पठाएका हैनौ । गठबन्धनभित्रैको एउटा घटकले गदॉ सरकार जान लागेको हो । सरकारले कि विश्वासको मत लिन सक्नु पर्यो कि त सरकार छोड्नुपर्यो । अकोॅ विकल्प नै छैन । यो अवस्थालाई हामीले मौकाको रुपमा लिएका छौं । किनभने जनजाति,मधेशी ,थरुहटका समस्याहरु मुलुकले समाधान गनैॅपर्छ ।
मुलुकलाई अस्थिर राजनीतितर्फ धकेलेर राजनीतिको खेलमैदान बन्न दिन नहुने तर्क गदैॅ यादवले प्रम ओलीप्रति आक्रोश पोख्दै भने– ‘मुलुकलाई कमजोर बनाउने ब्यक्ति कसरी राष्ट्रवादी हुनसक्छ ?’ मधेशीहरुको बिरुद्धमा नरसंहार मच्याउने ब्यक्ति कसरी राष्ट्रवादी हुनसक्छ ? त्यस्तो ब्यक्ति राष्ट्रवादी हैन नक्सलवादी चैं हुनसक्छ ।’

४ साउन, २०७३ ।