राजनीति

संसद विघटनको हल्ला निराधारः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संसद विघटन गर्ने पक्षमा नरहेको बताएका छन् । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी ओलीले बाहिर हल्ला भए जस्तो संसद विघटन गरेर राष्ट्रिय राजनीतिलाई द्धन्द्वतर्फ लैजाने आफ्नो सोच नभएको बताए ।
प्रम ओलीले माओवादीसँग १४ बुँदे सहमति गरेर आगामी चुनावसम्म सहकार्य गर्ने तयारी भएपनि बीचमा माओवादीले धोका दिएको बताए । उनले आफूलाई सत्ताको मोह नभएको बताउँदै देशलाई राजनीतिक अस्थिरतातिर धकेन्दे मनसाय आफ्नो नभएको जिकिर गरे ।

यसैबीच, प्रधानमन्त्री केपी ओलीले कांग्रेस र एमालेले पेस गरेको अविश्वासको प्रस्तावलाई देशविरुद्धको षडयन्त्रको संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीले आफू संविधानको प्रक्रिया अनुसार चल्ने बताउँदै संसद विघटन गर्न लागेको भन्ने हल्ला निराधार रहेको बताए ।

नेपाली कांग्रेस र माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरेर देशको हित हुने काम नगरेको बताउँदै उनले आफूले राजीनामा नगर्ने समेत अडान दोहो¥याए ।