राजनीति

विप्लव माओवादीबाट आन्दोलनका कार्यक्रम घोषणा

साउन १० गते नेपाल बन्द
काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको माओवादीले नेपाल बन्द सहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।  राजधानीमा पत्रकार सम्मेलन गरी सागरनाथस्थित सुकुम्बासी बस्तीमा प्रहरीको दमन विरुद्ध आन्दोलन कार्यक्रमको घोषणा गरेको हो ।


घोषित आन्दोलनका कार्यक्रम अनुसार साउन १० गते नेपाल बन्दको कार्यक्रम राखिएको छ । विप्लव माओवादीले जारीगरेको विज्ञप्ती अनुसार १ गते देशव्यापी आदोलनको कार्यक्रम घोषणा गर्ने, साउन २ गते विहान ९ बजेदेखि ११ बजे सम्म चक्काजाम, ३ गते देशभर अन्तरक्रिया कार्यक्रम, ५ गते जनप्रदर्शन र १० गते नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको छ ।


३१ असार २०७३ ।