राजनीति

संघीय गठबन्धनको रिले अनसन शुरु

काठमाडौं । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले आन्दोलनको स्वरुप परिवर्तन गरी मंगलबारबाट रिले अनशन थालेको छ ।

विभिन्न चरणमा तराई र काठमाडौँ केन्द्रित आन्दोलन थालेको गठबन्धनले विरोधको स्वरुप परिवर्तन गर्दै रिले अनसन थालेको हो । आफ्ना माग सरकारले सम्बोधन नगरेपछि थप दबाबस्वरुप अनशन बसेको गठबन्धनले जनाएको छ ।

सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारले गठबन्धनले राखेका माग सुनुवाइ नगरेपछि रिले अनशन बसेको बताए । रिले अनशनमा मोर्चाका शीर्ष नेता उपेन्द्र यादव, अशोककुमार राई, रेणु यादव, शरत्सिंह भण्डारी लगायतको सहभागिता छ ।

जारी संविधानमा सङ्घीय प्रदेश सीमाङ्कन लगायत विषयमा असन्तुष्टि जनाउँदै आएको गठबन्धनमा मोर्चासहित २९ दल आबद्ध छन् ।