राजनीति

संसदीय निर्वाचनपछि मात्रै सरकार परिवर्तनः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय निर्वाचनपछि मात्रै सरकार परिवर्तन हुने बताएकाछन् । २०७४ माघ ७ भित्र हुने संसदीय निर्वाचन अघि सरकार परिवर्तनका विषयमा जसले जे–जे ह्वीम फैलाएपनि परिवर्तन नहुने दाबी गरे ।

काठमाडौँ विश्वविद्यालयको ७२ औँ सिनेट बैठकमा सहभागी भई बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै उनले सरकार परिवर्तनको कुनै भद्र सहमति नभएको बताए ।

उनले भने,“सरकार कहिल्यै स्थिर हुँदैन, तर यो सरकार अहिल्यै परिवर्तन हुने भन्ने मितिको टुङ्गो लागेको छैन ।”