राजनीति

ओली सरकार आफै ढल्छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संविधानको कार्यान्वयनमा तत्पर नदेखिएको आरोप लगाउनुभएको छ ।

कांग्रेस कास्कीले पोखरामा गरेको कार्यक्रममा सभापति देउवाले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रादेशिक र राष्ट्रिय सभाको निर्वाचन आवश्यक रहेको भएपनि सरकार भने त्यसतर्फ गम्भीर नभएको भन्दो ओली सरकारको आयू सकिएको प्रष्ट पारे ।
उहाँले स्थानीय निकायको निर्वाचनका लागि स्थानीय स्वायत्त शासन पुनः गठन गर्न गठित आयोगको म्याद फागुनसम्म रहेको भए पनि सरकार त्यस अगावै मङ्सीरमा चुनाव गर्ने कुरा  हास्यास्पद भएको बताए । गाउँपालिका र नगरपालिकाको निर्वाचन नभई  प्रदेश र राष्ट्रियसभाको निर्वाचन चुनाव हुन नसक्ने उहाँले तर्क थियो ।

संविधानको कार्यान्वयन अपरिहार्य रहेको भन्दै नेता देउवाले कांग्रेसको काँधमा ठूलो जिम्मेवारी थपिएको बताउनुभयो । त्यस्तै, कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसमा विदेशीको प्रभाव बढ्दै गएको आरोप लाग्ने गरेको भन्दै यो विषयलाई गम्भीरताका साथ लिनुपर्ने धारणा राख्नुभयो । अर्का केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकार ल्याएको बजेटले महँगी बाँडेको आरोप लगाउनुभएको थियो ।