राजनीति

सरकार परिवर्तनको खेलमा टुप्पी कसेर लागे प्रचण्ड

काठमाडौं । सरकार परिवर्तन र बजेटको विषयलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक मुलुकको पछिल्लो राजनीतिक परिस्थितिसँगै दलभित्रको असन्तुष्टिलाई किनारा लगाउन किन्द्रत छ । खासगरी प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकार परिवर्तनको विषया उठाइरहेको छ र उक्त विषयमा दलभित्रबाटै पनि मतमतान्तर देखिएकाले स्थायी समितिमार्फत टुंगो लगाउने प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

एमाले सत्ता साझेदार केन्द्रसँग करिब एक महिनाअघि सरकार परिवर्तनका लागि भएको भनिएको तीनबुँदे भद्र सहमतिलाई लिएर दुबै दलभित्र खटपट चलिरहेको छ । एमालेका जिम्मेवार नेताहरुले नै उक्त विषयलाई सतहमा ल्याएपछि पार्टीभित्र विावाद चुलिएको बताइएको छ । वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षधर नेताले सार्वजनिक रुपमै सरकार परिवर्तनबारे अभिव्यक्ति दिँदै आएका छन् भने अध्यक्ष ओली पक्षधर नेता भने त्यसको बचाउ गर्दै अहिलेको परिस्थितिमा यही सरकारलाई निरन्तरता दिनुपर्ने रटानमा छन् ।

केन्द्रका अध्यक्ष पुष्पाकमल दाहालसहितका जिम्मेवार नेता पनि विगतको सहमतिअनुसार सरकार परिवर्तनको कसरतमा छन् । यद्यपि एमालेभित्रका एकथरि नेताले भने मुलकको अहिलेको आवश्यकतालाई ध्यानमा राखी राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने तर्फ अग्रसर हुन थालेका छन् ।