राजनीति

सात जिल्लाको कांग्रेस अधिवेशन जेठ २५ देखि

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सात जिल्लाको जिल्ला अधिवेशन आगामी जेठ २५ गतेदेखि असार पहिलो हप्तासम्म गर्ने भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको पार्टी कार्यालय सानेपामा बसेको बैठकले सिरहा, धनुषा, महोत्तर। सिन्धुपाल्चोक, कञ्चनपुर, पर्सा र बझाङ जिल्लाको जिल्ला अधिवेशन जेठ २५ गतेदेखि असार पहिलो हप्तासम्म गर्ने निर्णय गरेको हो ।

मधेश आन्दोलन र पार्टीको आन्तरिक विवादले नौ जिल्ला तथा एक क्षेत्रको अधिवेशन तोकिएको मितिमा हुनसकेको थिएन । निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरलेले अधिवेशन हुन बाँकी रहेको सात जिल्ला र धनुषा क्षेत्र नं। ५ को क्षेत्रीय अधिवेशन आगामी असार पहिलो हप्तासम्म गर्न सम्बन्धित जिल्लामा परिपत्र गर्ने निर्णय गरेको जनाकारी दिए ।

बाँकी दुई जिल्लामध्ये संखुवासभामा असार १० गते गोलाप्रथाद्वारा नेतृत्वचयन गरिने र डोल्पामा यार्सागुम्बा टिप्ने समय भएकाले केही समयपछि अधिवेशन गराउने निर्णय भएको घिमिरेले बताए ।

निर्वाचन बाँकी रहेका जिल्लामा पहिले नै तोकिएका निर्वाचन अधिकृतलाई पठाउनका लागि आग्रह गर्ने र सम्भव नभए नयाँ निर्वाचन अधिकृतलाई तोकेर जिल्लास्थिति डेमोक्रलेटिक लयर्स एसोसिएसन र शिक्षक संघ लगायतका पेशागत निकायलाई आग्रह गरिने घिमिरेले बताए ।