राजनीति

के निर्णय भयो सत्तारुढ दलको बैठकमा

काठमाडौं । सत्तारुढ दलको बैठकले संसद सुचारु गराउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेको छ । मंंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्तासाझेदार दलहरु माओवादी केन्द्र, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राप्रपा नेपाल, राप्रपाका शीर्ष नेताहरु बैठकमा उपस्थित रहेको थियो ।

बैठककले कांग्रेसले गरेको संसद अवरोध खुलाउने प्रयास स्वरुप प्रमुख प्रतिपक्षी दल कांग्रेससँग आजै छलफल गर्ने निर्णय गरेको छ । कांग्रेसले बजेट सार्वजनिक हुनु पूर्व नै सूचना चुहावट भएको भन्दै सोमबार दिनभर संसद अवरोध पारेको थियो । बैठलेले बजेट आउनु अगाबै बजेटको सूचना चुहावट नभएको दाबी समेत गरेको छ ।

यसैबीच, बजेटबारे छलफल गर्न व्यवस्थापिका संसद बैठक मंंगलबार पनि बस्दै छ । संसद बैठक अहिले ११ वजेको लागि बोलाइएको छ ।

आगामी आर्थिक बर्षको राजश्व र ब्ययको विवरणमाथि सैद्धान्तिक छलफलको गर्न सोमबार बोलाइएको बैठक कांग्रेसले अवरोध गरेपछि बैठक स्थतगित भएको थियो । यस्तै कांग्रेसले बजेट चुहावट बारे छानविनका लागि समिति गठन गर्नुपर्ने माग राखेको छ।