राजनीति

संघीय गठबन्धनको आन्दोलन पोखरा पुग्यो

फेरि काठमाडौंमै फर्केर धर्नामा बस्ने
काठमाडौं, जेठ–१७ । संविधान पुनर्लेखनको माग गर्दै आएको संघीय गठबन्धनले सोमबार पोखरामा विरोध सभा गर्ने भएको छ । आइतबार वीरगञ्जमा विरोध सभा गरेको संघीय गठबन्धनका नेताहरू पछिल्ला कार्यक्रम अन्तर्गत आन्दोलन थप चर्काउन पोखरा पुगेका हुन् । मधेसी मोर्चासहितका दलका प्रमुख नेताहरूले सोमबार पोखरामा विरोध सभा गर्ने भएका हुन् ।

पोखराको विरोध सभामा गठबन्धनका नयाँ कार्यक्रम सार्वजनिक हुने जनाइएको छ। सोही कार्यक्रमअनुसार अगाडि बढ्ने नेताहरूले बताएका छन् ।

स्रोतका अनुसार संघीय गठबन्धनले जेठ २५ गतेदेखि काठमाडौंको खुलामञ्चमा रिले अनशन गर्ने तयारी गरेको छ । रिले अनशन असार मसान्तसम्म चल्ने छ । रिले अनशनको कार्यक्रम जिल्लाहरूमा चलाउने संघीय गठबन्धनले तयारी गरेको छ ।