राजनीति

ओली सरकारको बजेटमाथि आजबाट बहस

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा पेश गर्नुभएको आ.व. २०७३। ०७४ को बजेटमाथि सोमबारबाट छलफल हुने भएको छ ।

संसदको बैठकमा बजेटमाथि सांसदहरूले टिप्पणी गर्नेछन् । बिहान ११ बजेपछि बस्ने बैठकमा सांसदहरूलाई बोल्न समय उपलब्ध गराइनेछ ।

अर्थमन्त्री पौडेलले शनिबार व्यवस्थापिका संसदमा झण्डै दश खर्बको बजेट पेश गर्नुभएको थियो । बजेटको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कार्यान्वयन हुन नसक्ने भन्दै बर्तमान संरकारको बजेटलाई हावादारीको संज्ञा दिएको छ । यता वृद्धवृद्धाहरुले भने बजेटको स्वागत गर्दै चार वर्ष अघिदेखि थालेको आन्दोलन स्थगित गरेका छन् ।

त्यस्तै एमालेले भने बजेटको बचाव गर्दै जनअपेक्षाको बजेट आएको भन्दै अहिलेसम्मकै राम्रो बजेट भएको दाबी गरेको छ ।