राजनीति

अबको आन्दोलन रिले अनशन

काठमाडौं ।  संघीय गठबन्धनले आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको छ । शुक्रबार बसेको गठबन्धनको बैठकले काठमाडौं केन्द्रित आन्दोलनको समिक्षा गर्दै आगामी आन्दोलका कार्यक्रम सार्वजनिक गरेको हो । जस अनुसार गठबन्धनले  केन्द्र, प्रदेश र जिल्लाहरुमा २४ घण्टे रिले अनशनमा बस्ने निर्णय गरेको छ ।
बैठकले वार्ताको आह्वानसहित आफ्नो नाममा पत्र नआएसम्म सरकारसँग वार्तामा नबस्ने निर्णय गर्दै रिले अनशन बस्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मात्र वार्ताको आह्वानसहित मधेसी मोर्चालाई पत्र लेखेको सन्दर्भ निकाल्दै मोर्चाको नाममा नभई गठबन्धनका नाममा पत्र आए पछि मात्र वार्तामा वस्ने अडानमा गठबन्धनले राख्दै आएको छ ।

वार्ताका लागि ढोका खुल्ला राख्दै जेठ १७ गतेपछि काठमाडौंमा रिले अनशन बस्ने बैठकले निर्णय गरेको प्रवक्ता केशव झाले जानकारी दिए ।
संघीय गठबन्धनको काठमाडौ केन्द्रित आन्दोलन शनिवार सकिने भएसँगै गठबन्धनले नयाँ कार्यक्रम सार्वजनिक गरेको संघीय गठबन्धनका प्रवक्ता झाले बताए ।