प्रबिधि

नासामा सफलता बटुल्दै नेपाली बैजानिक

अमेरिका । अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीको नासा प्रयोगशालामा व्यस्त एक नेपालीले आफ्नो खोजलाई सार्थक तुल्याउँदै लगेका छन् ।
लमजुङ राइनसका डा. सुरेन्द्र अधिकारी सानैदेखि सोध खोज र अनुसन्धामा रुची राख्दै आएकाले पनि उनी आज यो स्थानमा पुग्न सफल भएका हुन् । उनले संसारभरिबाट पग्लिएको हिउँ कहाँ जान्छ भन्ने प्रश्नको अनुसन्धानमा व्यस्त बन्दै उनले पृथ्वीसम्बन्धी नयाँ तथ्य पत्ता लगाएर विश्वभर एकाएक चर्चित बनेका छन् ।

अन्टार्कटिका, ग्रिनल्यान्डजस्ता हिउँ थुप्रिने ठाउँको हिउँ बिलाएर समुद्रमा कसरी मिसिन्छ भन्ने जान्न उनले हजारौं अध्ययनअनुसन्धानका निष्कर्ष पढे । हिउँ विज्ञानबारे खोज्दाखोज्दै अधिकारीले विश्व नै चकित बनाउने पृथ्वीको दिशा परिवर्तनबारे नयाँ तथ्य पत्ता लगाउन सफल भएका छन् ।

पृथ्वीको उत्तरी ध्रुव पूर्वतिर तीव्र गतिमा सरिरहेको छ जुन अस्वाभाविक हो । एक सय १५ वर्षदेखिका उपलब्ध तथ्यांक विश्लेषण गर्दा निस्किएको निष्कर्षले विश्वको ध्यान तान्यो र नेपाली वैज्ञानिक अधिकारी एकाएक सेलिब्रेटी बने ।
 
बीसौं शताब्दीमा प्रतिवर्ष दस सेन्टिमिटरका दरले क्यानाडाको दिशातिर अघि बढिरहेको ध्रुव अहिले दोब्बर गतिमा अर्को दिशातर्फ बढिरहेको उनले पत्ता लगाए । कारण बन्यो पृथ्वीको उत्तरी ध्रुव दक्षिणी ध्रुवको तुलनामा हलुंगो पनि छ ।
त्यस्तै, उनले अर्को नयाँ तथ्य पनि पत्ता लगाए– पृथ्वीको उत्तरी ध्रुव पूर्वतिर सर्नुको कारण ग्रिनल्यान्ड वा अन्टार्कटिकाको हिउँ पग्लिनु मात्रै होइन, एसियामा बढिरहेको खडेरी पनि कारक भएको पुष्टि गरे ।

दक्षिण एसियामा खडेरीका कारण पृथ्वीको एक भागको तौल नै हलुका भयो र गह्रुँगो भागले धकेल्दा पूर्वतिर सरेको हो । ‘हिमाली क्षेत्रको हिउँ पग्लिँदा हिउँ भएको स्थान हलुका भयो र हिउँ पग्लिएर पानी जम्मा भएको ध्रुव थप भारी बन्यो र त्यसैले ‘पृथ्वीको तौल एकातिर घट्दा अर्कोतर्फ थुप्रिन्छ । पानी एकातिर सुक्दै अर्कातर्फ थुप्रिँदै गएको छ ।’