प्रबिधि

चीनसँग ‘इन्टरकनेक्सन’को बाटो खुल्यो

काठमाडौं । नेपाल टेलिकमले काठमाडौंबाट चीनको सीमानासम्म अप्टिकल फाइबर जोड्ने काम सम्पन्न  गरेसँगै चीनको चाइना टेलिकमसँग नेपालको टेलिकम सेवालाई ‘इन्टरकनेक्सन’ गर्ने बाटो  टेलिकमले धादिङको गल्छीदेखि रसुवाको धुन्चे हुँदै चीनको सीमा रसुवागढीसम्म अप्टिकल फाइबर बिचछ्याएको हो ।
नेपाल टेलिकमका सह–प्रवक्ता डिल्लीराम अधिकारीले भौतिक रूपमा काठमाडौं र चीन अल डाइलेक्टिभ सेल्फ सपोर्टिङ (एडिएसएस) अप्टिकल फाइबर जोडिएको जानकारी दिए। चीनसँगको इन्टरकनेक्टिभिटीका लागि उपकरण जडान र सेवा परीक्षण सुरू भइसकेको छ, उनले भने– ‘मे भित्रमा चीन–नेपाल र भारतबीच सीधा ट्राफिक आदान प्रदानका लागि परीक्षण सम्पन्न गर्ने कार्यक्रम छ।’