राजनीति

स्वयम्भूको आडमा गठबन्धनको कोणसभा

काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन थालेको संघीय गठबन्धनले काठमाडौंमा प्रदर्शन जारी राखेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका दलहरू आबद्ध संघीय गठबन्धनले दिउँसो दुई बजेपछि काठमाडौंको सीतापाइलाबाट विरोध ¥यालीसहित स्वयंभूको कारखाना चोकमा पुगेर कोणसभा गर्ने भएका छन् ।दुई बजेपछि विरोध ¥याली निकालिनेछ ।

यसअघि सिंहदरबारमा धर्ना दिइसकेको संघीय गठबन्धनले आफ्नो आन्दोलनको स्वरुप परिवर्तन गरेर कोणसभा गर्ने निर्णय गरेको थियो । कोणसभामा उल्लेख्य कार्यकर्ता नआएपनि संघीय गठबन्धनले आन्दोलनलाई निरन्तरता दिँदै आएको छ । संघीय गठबन्धनले जेठ १७ गतेसम्मका लागि आफ्ना कार्यक्रम सार्वजनिक गरिसकेको छ ।