राजनीति

नेपालको संविधान उत्कृष्ट – कोइराला

बाँके । नेपाली कांग्रेस महामन्त्री डा. शंशाक कोइरालाले नेपालको संविधान लोकतन्त्रको पाटोमा उत्कृष्ट भएको बताएका छन् । बाँकेमा भएको एक कार्यक्रममा महामन्त्री कोइरालाले भने –संविधानले लोकतान्त्रिक व्यवस्थाको बाटो समाएकाले यो उत्कृष्ट छ, केही कुरा संविधानमा छुटेका छन् भने आपसी समझदारीबाट सच्याउन सकिन्छ ।’

नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री जननायक स्व विश्वेरप्रसाद कोइराला, स्व गिरिजाप्रसाद कोइराला र स्व सुशील कोइराला चढेको बा१च ६०५७ नंको निजी मोटर (जिप)  बिपी सङ्ग्रहालय, काठमाडौँमा राखिने भएको छ ।

बिग्रेको अवस्थामा नेपालगन्जमा रहेको सो मोटर नेपाली काँग्रेस, बाँकेका अध्यक्ष किरण कोइरालाले सङ्ग्रहालय समितिका अध्यक्ष पर्शुराम पोखरेललाई  बाँकेमा आयोजित समारोहमा हस्तान्तरण गरिएको हो ।

सो जिप र नेपाली काँग्रेसले क्रान्तिका समयमा २०३० जेठ ३० गते अपहरण गरेको दुर्घटनाग्रस्त हवाइ जहाजको भग्नावशेष पनि ट्रकमा राखेर सङ्ग्रहालयका टोलीद्वारा काठमाडौँ ल्याइएको छ ।

चालीस वर्ष नेपाली आकाशमा उडेर २०७० फागुन ४ गते अर्घाखाँचीको मसिनेलेकमा सो जहाज दुर्घटनाग्रस्त भएपछि त्यसको भग्नावशेष नेपाल वायुसेवा निगमको प्राविधिक क्षेत्रको गोदाममा राखिएको थियो ।