राजनीति

एकताको भोलिपल्टै विप्लवले उधुम मच्चाउँदै

काठमाडौं । विभिन्न माओवादीहरुबीच विहीबार एकता भएको घोषणा गरिएको भोलिपल्टै विप्लव माओवादीले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
प्रचण्डसहित राम बहादुर थापा, मात्रिका यादव, मणि थापा सहितका नेताहरुले माओवादी एकता भएको भोलिपल्ट शुक्रबार विप्लव नेतृत्वको माओवादीले राजधानीमा शक्ति प्रदर्शन गर्ने भएको हो ।


विप्लव माओवादीका नेताहरुले ७ गते वेपत्ता योद्धा दिवसको दिन राजधानीको खुल्ला मञ्चमा गर्ने शक्ति प्रदर्शनको तयारी पूरा भएको जनाएका छन् ।

माओवादी नेता छितिज मल्लले प्रचण्ड सहितकाले एकता गरे पनि नगरे पनि त्यसले माओवादी आन्दोलनको खास औचित्य र महत्व नराख्ने भएकाले वास्तविक माओवादीको रुपमा विप्लव माओवादी अगाडी आएको र यसले जनताको नेतृत्व गर्ने दावी गरे ।
प्रचण्डको नेतृत्वमा जति मानिस जम्मा भए पनि बिचार र कार्यदिशामा संसदीय व्यवस्था भित्र प्रवेश गरीसकेकाले त्यो सार्थक नहुने र जनताको मुक्तिका लागि अझै पनि क्रान्तिको आवस्यकता रहेकाले त्यो कार्यभार विप्लवले मात्र पूरा गर्ने उनीहरुको दाबी छ ।

दिउसो १ बजे प्रदर्शनमा आउने समर्थक शुभचिन्तक र कार्यकर्ताहरु अधिकाशले रातो क्याप लगाउने छन् भने कालीमाटीबाट खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड, कुपण्डोल बाट उत्तम विष्ट , बबरमहलबाट धर्मेन्द्र बास्तोला, लैनचौरबाट सन्तोष बुढाको नेतृत्वमा ¥याली सहित सहभागीहरु खुल्ला मञ्च प्रवेश गर्ने छन् ।

त्यसपछि पार्टीको नीति , कार्यक्रम र योजनाको बारेमा विप्लवले बिशेष सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।