राजनीति

यो सरकार अर्को प्रतिनिधिसाभाको चुनाव सम्मः ओली

काठमाडौं । प्रधानमन्त्री  केपी शर्मा ओलीले वर्तमान सरकार अर्को प्रतिनिधिसभाको निर्वाचनसम्म रहने दाबी गरेका छन् । गत आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि सांसदले राखेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो सरकार अर्को प्रतिनिधिसभाको चुनावसम्म रहने दाबी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले कसैले गरेको टिका–टिप्पणीका आधारमा सरकार नहटने बताएका छन् । बैठकमा ओलीले नीति तथा कार्यक्रमले महत्वका साथ अघि सारेका संविधान कार्यन्वयनको कुरा, भूकम्प पुनर्निर्माणका कुरामा हामी सबै सहमत रहेको बताए । सरकार संविधनको प्रभावकारी कार्यन्वयन र सीमांकनको राजनीतिक समाधान खोज्न प्रतिबद्ध रहेको ओलीले दाबी गरे ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बर्तमान सरकारलाई ‘म्यादी’ सरकारको संज्ञा दिएको विषयमा प्रधानमन्त्री ओलीले कुनै पनि सरकार सधैंका लागि स्थिर नहुने भएकाले ‘म्यादी सरकार’ भन्नु स्वाभाविक भएको बताए ।

स्थिरता, स्थायित्व र आवधिक सरकार पृथक् भए पनि सरकारको ध्यान सधैं राजनीतिक स्थिरतातिर केन्द्रित हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका लागि सहमतिमा आउन असन्तुष्ट दलहरुसँग आग्रह गरे। ‘व्यवस्थापिका संसदको अवधि २०७४ माघ ७ सम्म रहेकाले त्यसअघि चुनाव गराउने सरकारले योजना बनाइसकेको ओलीले बताए ।