राजनीति

राजदूत फिर्ता प्रकरणमा आ–आफ्नै तर्क

काठमाडौं । सरकारले मुलकको पछिल्लो राजनीतिक घटनाक्रम र संसद्मा नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यताका कारण राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण्ढा रद्द गरिको दाबी गरेको छ ।

निर्धारित भ्रमण सुरु हुन ७२ घण्टा अघि मात्र राष्ट्रपतिको यात्रा रद्द गरेर भारतसँगको सम्बनधलाई सरकारले गम्भीरता नलिएको अरोप लागिरहेका बेला उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले संसद्मा यस्तो अभिव्यक्ति दिएका हुन् । उनले राष्ट्रपतिको भ्रमण रद्दसँगै नयाँदिल्लीस्थिति राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय एकअर्कासंग सम्बन्धित नरहेको पनि बताए ।

तर, मन्त्री थापाको स्पष्टीकरण अर्का उपप्रधान तथा रक्षामन्त्री रहेका एमाले नेता भीम रावलको दाबी भन्दा फरक छ । रावलले केपी ओली नेतृत्वको सरकारलाई गिराउन सक्रिय रहेकोे, एकजना विदेशी राजदूतसँग संवेदनशील तराई क्षेत्रमा सँगै कार्यक्रम गरेको र सरकारलाई जानकारी नगराई आफ्नो कार्यक्षेत्रबाहिर गएको जस्ता कारणले उनलाई फिर्ता बोलाएको दाबी गरेको थिए । तर, थापाले संसद्मा दिएको बयानमा राजदूत उपाध्यायलाई व्यक्तिगत गतिविधि या राजनीतिक पृष्ठभूमिका कारण फिर्ता नबोलाएको स्पष्ट पारेका थिए ।

मन्त्री थापाले मुलुकभित्रको पछिल्लो राजनीतिक घटनाक्रम, पूर्वनिर्धारित राष्ट्रपतिद्वारा संसदमा प्रस्तुत गर्नुपर्ने नीति तथा कार्यक्रम सम्बोधन र भारतको उज्जैनमा भएको प्राकृतिक विपत्तिका कारण राष्ट्रपतिको भारत भ्रमण स्थतिग गर्नुपरेको जानकारी दिए ।