राजनीति

मुस्लिम गठबन्धलाई राजनीतिक दल बनाउने अभिव्यक्तिप्रति आपत्ति

काठमाडौं । राष्ट्रिय मुस्लिम सङघर्ष गठबन्धनका अध्यक्ष समिम अन्सारीले गठबन्धनले कुनै राजनितीक दल बिशेषको समर्थन नगर्ने बताउनु भएको छ । 

मुस्लिम गठबन्धन आफैमा धेरैवटा पार्टीहरूको भातृ सङगठन , गैर सामाजिक तथा धार्मिक सङगठन,अधिकारकर्मी ,समाजसेवी ,महिला, युवा,बिद्यार्थिहरूको साझा मन्च भएकाले गठबन्धनलाई कुनै राजनितीक दलमा परिणत गर्नु पर्ने आवश्यकता नरहेको बताउनुभयो।

केही मानिसहरूले मुस्लिम समुदायलाई भम्रमा पार्न गठबन्धनलाई राजनितीक दल बनाउने भनेर दिएको अभिव्यक्ति पर्ति आपत्ति जनाउदै उहाले कुनै राजनीतिक दलमा गठबन्धनलाई समाहित गर्ने उदेश्य र त्यस्तो बैठक पनि नवसेको बताउनुभयो । गठबन्धनका राष्ट्रिय अध्यक्ष समिम अन्सारीले आज एक प्रेस वक्तव्य जारि गर्दै उहाँले त्यस्तो राजनिती दल गठन गर्ने भनी गरिएको गलत पर्चार र भर्ममन नपर्न समेत मुस्लिम समुदायलाई आग्रह गर्नु भएको छ । उहाँले गठबन्धन सबै मुस्लिम समुदायको हक, अधिकार सुरक्षित गर्न सक्षम रहेको भन्दै गठबन्धनमा समाहित हुन र निरन्तर लाग्नसमेत आग्रह गर्नुभयो ।