राजनीति

ओलीले भने–‘गुटबन्दी पार्टी भित्र भएको छैन’

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र कुनै गुटबन्दी नरहेको दावी गरेका छन्।

एक सातासम्म जारी केन्द्रीय कमिटिको बैठकका निर्णय सार्वजनिक गर्न पार्टी कार्यालय धुम्बराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले पार्टीभित्रको गुटबन्दीबारे भने,‘ गुटबन्दी पत्रिकाका हेडलाइनमा भएको हो पार्टी भित्र भएको छैन।’

पार्टीभित्र कुनै गुटबन्दी नरहेको र गुटबन्दी आवश्यक पनि नरहेको भन्दै प्रधानमन्त्री ओलीले आक्रोशित र ठट्टेउलो पारामा भने,‘केन्द्रीय सदस्यहरु पुराण सुन्न आएका होइनन् त्यसकार बहष र छलफल हुन्छ।’

प्रधानमन्त्री ओलीको अर्को असन्तुष्टी राष्ट्रिय पुननिर्माण प्राधिकरणको चाहीने भन्दा बढी आलोचना गरिएको भन्नेमा थियो। ‘८ लाख घरहरु भत्किएका छन् तिनको पुननिर्माण सजिलो छैन भनेजति ज्यामी डकर्मी पाइएको छैन त्यसैले सोचेजती काम हुन सकेकेा छैन,’ उनले भने।

पुननिर्माणको काममा बिलम्ब भएको आफूले स्वीकारेको भएपनि कामै भएन भन्ने आशयले त्यसलाई गलत ब्याख्या गरिएको प्रधानमन्त्रीको गुनासो छ।

ग्यासको  बितरणमा देखिएको समस्या नियन्त्रणमा सरकारले अभियान चलाइरहेकेा र अब छिट्टै स्थिति सहज हुने बताए। त्यती मात्रै होइन यही अबस्थामा ग्यासको मुल्य घट्यो भने ग्यास लुकाउनेले सहनुपर्ने घाटाबारे सोच्न समेत उनले चेतावनी दिए।

कांग्रेस बर्तमान सरकारमा नआउनेमा आफू स्वयमलाई बिश्वास नलागेपनि बिगतमा भएको भद्र सहमति सम्झेर कांग्रेस सरकारमा आउन सक्ने बताए।