खेलकुद

नेपाली फुटबल टोली मलेसिया प्रस्थान

काठमाडौं । मलेसिया यु–२२ टोलीबिरुद्धको मैत्रिपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टोलीले आइतबार मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने भएको छ । शनिबार मलेसिया प्रस्थान गरेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले नेपाली टोलीलाई विदाई गरेका थिए ।
बिराज महर्जनको कप्तानीमा नेपाली टोलीले मलेसियाली युवा टोलीसँग आइतबार मैत्रिपूर्ण फुटबल खेल्नेछ ।  टोलीमा तीन गोलकिपर, नौ डिफेन्डर, छ मिडफिल्डर र पाँच फरवार्ड छन् । गोलकिपरमा विकेश कुथू, विशाल श्रेष्ठ र किरणकुमार लिम्बु छन् भने डिफेन्डरमा विजय धिमाल, विराज महर्जन, देवेन्द्र तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, कमल श्रेष्ठ, मनबहादुर तामाङ, रविन श्रेष्ठ र रन्जित धिमाल छन् ।
त्यस्तै, मिडफिल्डरमा विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ र सुनिल बल समावेश छन् भने ‘फरवार्ड लाइन’ भरत खवास, विश्वास श्रेष्ठ, नवगुग श्रेष्ठ, रन्जन विष्ट र सुमन लामाले सम्हाल्ने छन् । प्रशिक्षकमा अघिल्लो महिनामात्र नेपाली टोलीको जिम्मेवारी पाएका जापानी पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका कोजी छन् ।