खेलकुद

६४० दिनपछि टीममा फर्किएका स्वरेजले गोल गरे

६४० दिनमा उरुग्बेको राष्ट्रिय टीममा फर्किएका लुइस स्वरेजले गोल गरेका छन् । दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गराएपनि उरुग्बेलाई जिताउन भने पर्याप्त भएन ।

विश्वकप फुटबल २०१८ को दक्षिण अमेरिकी छनोटमा उरुग्बे र ब्राजिलले २-२ गोलको बराबरी खेलेका हुन् ।

घरेलु मैदानमा भएको खेलमा ब्राजिल ले पहिलो मिनेटमा नै डुल्गास कोष्टाको गोलबाट अग्रता लिएको थियो । २६ औं मिनेटमा ब्राजिलले अग्रता दोब्बर पार्‍यो । उसका लागि रोनाटो अगुष्टोले गोल गरे ।

दुई गोलले पछि परेको उरुग्बेले पुनरागमन गर्‍यो । ३१ औं मिनेटमा काभानीले गोल गरे । ४८ औं मिनेटमा लुईस स्वरजले गोल गरे ।

२०१४ को विश्वकपमा इटलीका चेलिनीलाई टेकेपछि ९ खेलको प्रतिवन्ध ब्यहोरेका स्वरेज ६४० दिनपछि उरुग्बेको टीममा फर्किएका थिए ।