प्रवास

जहाँ पुगे पनि आफ्नो मातृभूमि, भाषा धर्म र संस्कृतिलाई भुल्नु हुदैन

युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिकाका केन्द्रीय सभापति विष्णु राईले  राईहरु संसारको जुन कुनामा पुगेपनि आफ्नो भाषा, संस्कृति र जन्मभूमिलाई भुल्न नहुने बताएका छन् ।
किराँत राई यायोख्खा  युकेको निमन्त्रणमा युके पुगेका सभापति राईले आफ्ना भावि सन्ततीलाई  पनि बाटो देखाउनु पर्ने र आफ्नो भाषा संस्कृतिका बारेमा अवगत गराउनु  विशेष प्राथमिकता दिनुपर्ने बताएका थिए । उनले संसारभरीका राईहरुको छाता संगठन बनाएर एकताबद्ध भएर सहयोग तथा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताएका थिए ।
किराँत राई यायोख्खा युकेकी सभापति  कल्पना राईको अध्यक्षतामा सम्पन्न भएको  उक्त  भेटघाट तथा स्वागत कार्यक्रममा  किरात राई  यायोख्खाका अन्य शाखाका अध्यक्षहरुले पनि  सभापति राईलाई खादा तथा फूलमालाले स्वागत गरेका थिए ।  
कार्यक्रममा किराँत राई यायोख्खाकी सभापति कल्पना राईले  युकेमा रहेका राईहरु तथा त्यहाँको गतिबिधिका बारेमा आफ्ना भनाई राखेकी थिइन्  ।
सोहि अवसरमा सभापति  विष्णु राईले  नवनिर्वा्चित कार्यसमितिलाई बधाई दिदैं  आगामी कार्यकाल सफलताको कामना गरेका थिए । उनले युकेको भ्रमणका क्रममा विभिन्न क्षेत्रमा रहेका क्षेत्रिय समितिका पदाधिकारीहरुसँग भेटघाट गर्न पाएकोमा खुसी व्यक्त गर्दै  प्रदेश नं १ किराँत प्रदेश हुनुपर्नेमा जोड दिएका थिए । जसमा केन्द्रीय तथा क्षेत्रिय समितिका पदाधिकारीहरुले पनि त्यस विषयमा सरोकार राखेका थिए ।
सभापति राईले आउदो वर्षको साकेला २०१९ का लागि युकेका क्षेत्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सभापति कल्पना राईलाई  साकेलाको निमन्त्रणा समेत दिदैं अन्य देशका  संस्थाका साथीहरुलाई पनि निमन्त्रण दिने बताएका थिए ।
कार्यक्रमकी संचालिका  तथा संस्थाकी महासचिव श्रीमती चन्द्रावती राईले यु्नाइटेड किराँतराई अर्गनाइजेशन अमेरिका र किराँत यायोख्खा युकेको विचमा एकआपसमा अनुभव साटसाट गरिनुका साथै सहकार्य गरेर अघि बढ्ने  छलफल भएको बताइएकी छन् ।