प्रवास

किरात राई सोसाइटी अफ अमेरिकाको चौथो महाधिवेशन कोलोराडोमा

न्युयोर्क । किरात राई सोसाइटी अफ अमेरिकाको चौथो केन्द्रीय महाधिवेशन कोलोराडोको डेनभरमा हुने भएको छ । यहिं मे २१ र २२ तारिखका दिन हुन लागेको महाधिवेशनका लागि अयोजनक समितिले आफ्नो तयारी तिब्र बनाएको छ । 
महाधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा संस्थाको प्रगति विवरण, आगामी कार्ययोजनाका साथ विधान संशोधन गर्ने तयारी रहेको संस्थाका अध्यक्ष आकाश राईले बताउनु भयो । कार्यक्रममा एकै साथ तीन वर्षको कार्यप्रगति विवरण पेश गरिनेछ । 
महाधिवेशनमा किरात राईहरुको हित र अन्य समुदायबीच आपसी सद्भाव विकास गर्न र संस्थाको विकासका लागि विशेष कार्ययोजना निर्माण गरिने बताइएको छ । त्यस्तै अमेरिकामा रहेका किरात राईहरूले आफ्नो रहन सहन र पुख्र्यौली देखि चली आएको किरात राई संस्कार, संस्कृतिलाई के कसरी सम्बद्र्धन गर्न र निरन्तरता दिन सकिन्छ भन्ने बिषयमा पनि छलफल हुने अध्यक्ष राईले जानकारी दिनुभयो ।