राजनीति

'हामी विहेअघिका बेहुला - बेहुली'

काठमाडाैं, १० बैशाख । विभिन्न आशंका उठिरहेका बेला एमाले र माओवादी केन्द्रका अध्यक्षले दुई पार्टीबीच एकता हुनेमा कार्यकर्तालाई आश्वस्त पारेका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसवर पारेर आईतबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले एकता आश्चर्यजनक रुप्मा कुनै पनि दिन हुनसक्ने बताए ।

केन्द्रीय एकता संयोजन समितिले आयोजना गरेको कार्यक्रममा दुवै दललाई एकताबाट दायाँबायाँ गर्ने छुट नभएको दावी पनि दुवै अध्यक्षले गरे । हिजो जसरी एकता गर्ने विषयलाई आश्चार्यजनक रुपम हामीले अघि ल्यायौँ । त्यसैगरी एकीकृत पार्टीको केन्द्रीय कमिटिी घोषणा पनि हुन्छ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने, बाहिर हल्ला भएको दिनमा हुँदैन ।

एकता सयोजन समितिले निर्मा गरेको कार्यदलहरुले पनि वैशाख ९ गने एकता गर्न सुझाव दिएका थिए । दुवै दलका शिर्ष नेताहरुले पनि सो मितिमा एकता हुने दोहोर्याउँदै आए पनि एकता भएन ।,आजको  नागरिक दैनिकमा यो खबर छ ।