राजनीति

कस्ताे बन्दैछ एकीकृत कम्युनिष्ट पार्टीको संरचना ?

काठमाडाैं, ११ चैत । नेकपा एमाले र माअाेवादी केन्द्रकाे एकीकरणपछि पार्टीकाे संरचनामा पनि अामूल परिवर्तन हुने भएकाे छ । विधान मस्यौदा कार्यादलमा भएको छलफलमा शिक्षक, स्वास्थ्यकर्मी, प्राध्यापक, चिकित्सक, निजामति कर्मचारीलगायत पेसागत संगठनलाई एउटै महासंघ अन्र्तगत राखेर जनसंगठन बनाउने समझदारी भएको छ ।
त्यस्तै, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, नेपाल टे«ड युनियन महासंघ नेपालको नाम संक्षिप्त बनाउने तयारी छ । युवा संघ नेपाल र वाईसिएल एकतापछिको नाम भने के राख्ने टुंगो छैन । 
एमाले र माओवादी पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन गर्ने समझादारी गरेका छन् । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि पुच्छार हटाएर संक्षिप्त बनाउने विधान मस्यौदा कार्यादलमा समझादारी भएको छ ।  एमालेमा २२ र माओवादीका २४ जसंगठन छन् ।