राजनीति

प्रधानमन्त्री ओली चैत तेस्रो साता भारत भ्रमणमा जाने

काठमाडौं, ८ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओली चैत तेस्रो साता भारतको राजकीय भ्रमणमा जाने भएका छन् ।  परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी अगामि चैत २३ देखि २५ सम्म तीन दिने भ्रमणका लागि भारत जाने तयारी भएको हो। यद्यपी भ्रमणको आधिकारिक मिति भने परराष्ट्रले अझै सार्वजनिक गरेको छैन।
ओली दोस्रो पटक प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटक–पटक भारत भ्रमणको निम्तो दिएका थिए।  भ्रमणका लागि प्रधामन्त्री ओलीलाई औपचारिक पत्र समेत आइसकेको परराष्ट्र स्रोत बताउँछ। हाल भारतको भ्रमणमा रहेका उद्योग वाणिज्य मन्त्री मात्रिका यादव प्रधानमन्त्री ओलीको भ्रमणको वातावरण बनाउन भारत गएको बुझिएको छ।