राजनीति

उपराष्ट्रपतिमा पुनः नन्दबहादुर पुन

काठमाडाैं, ४ चैत । राष्ट्रियसभाको उपाध्यक्ष  चयनका लागि आज मतदान हुँदैछ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले राना उम्मेद्वार रहेका छन् । 
चुनावमा अध्यक्ष बाहेक ५८ जनाले मतदान गर्नेछन् । दाहाललाई बाम गठबन्धनको समर्थन भएकाले राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचित हुने निश्चित जस्तै छ । 
यसैबीच, उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा आज हुँदैछ । उपराष्ट्रपतिका लागि हिजो उहाँको मात्रै उम्मेदवारी परेपछि उहाँ दोस्रो कार्यकालका लागि निर्विरोध उपराष्ट्रपति बन्ने निश्चित भएको हो ।
चुनावी प्रक्रिया पूरा गरी उहाँलाई निर्वाचित भएको घोषणा गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपति पुनले पहिलो कार्यकालमा आफूले कुनै विवादास्पद काम नगरेको भन्दै दास्रो कार्यकालमा पनि विवादमा आउने काम नगर्ने प्रतिवद्धता जनाउनुभयो । पुनलाई नेकपा एमाले र नेकपा माओवादीका नेताहरुले प्रस्ताव र समर्थन गरेका छन् ।