राजनीति

कांग्रेसमा बल्झिँदै पदाधिकारी विवाद

काठमाडाैं, ४ चैत । नेपाली कांग्रेसमा पदाधिकारी संख्या बढाउने विषयलाई लिएर सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबचि विवाद सुरु भएको छ ।  पार्टीको महाधिवेशन भएको दुई बर्ष वित्दासमेत पदाधिकारीसहित केन्द्रीय समितिले पुर्णता पाउन नसकेको कांग्रेसमा पदाधिकारीको संख्या थप थगर्ने विषयमा नेताहरु पक्ष र विपक्षमामा विभाजित भएका हुन् । 
सभापति देउवा पार्टीलाई नयाँ संविधानअनुसार संघीय संरचनामा लैजान महासमिति बैठकमार्फत विधान संशोधन गरेर पदाधिकारी बढाउने पक्ष्मा छन् । 
तर, नेता पौडेल  संविधानअनुसार पार्टीलाई संघीय संरचनामा लैजान तयार देखिए पछि पदाधिकारी थप्न राजी छैनन् ।

यसैबीच, नेपाली कांग्रेसका जिल्ला समितिहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको मुख्य कारण आन्तरिक गुटबन्दी भएको ठहर गरेका छन् । 
निर्वाचनमा पराजयको कारणसहितको प्रतिवेदन पठाउन केन्द्रीय समितिको निर्देशनपछि समीक्षामा जुटेका जिल्ला समितिहरुले केन्द्रदेखि गाउँ तहसम्म्को चरम गुटबन्दी नै पराजयको मुख्य कारण भएका निष्कर्ष निकालेका हुन् ।
पार्टीभित्र गुटबन्दी संस्थागत हुँदा एउटा पक्षले अर्कोलाई असहयोग गरेका कारण निर्वाचनमा नराम्रो हार भोग्नुपरेको बुझाई जिल्ला समितिहरुको छ । आजको नागरिकमा यो खबर छ ।