राजनीति

यी हुन् सबैभन्दा कान्छी सांसद

काठमाडाैं, ४ चैत । प्रतिनिधिसभाकी सांसद पार्वती बिशुन्के देशभरकै सबै सांसदभन्दा कम उमेरकी सांसद भएकी छन् । नेकपा एमालेका तर्फबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी बिशुन्केको नागरिकतामा जन्ममिति २०४३ साल असोज १८ गते रहेको छ ।
संसद सचिवालयको अभिलेखअनुसार संघीय र प्रदेशसभाका सदस्यमध्ये बिशुन्के सबैभन्दा कम उमेरको सांसद बनेकी हुन् । उनी दैलेखको नारायण नगरपालिका १ निवासी हुन् । आजको नेपाल समाचारपत्रमा समाचार छ ।